सौराहा- नेकपा (एमाले)का नेता सुवास नेम्वाङले सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले कुरा गरिरहेको बताएका छन्। आइतबार ओली बसेको होटल पार्क सफारीमा भेट सकेर बन्दसत्र स्थलतर्फ जाँदै गर्दा उनले सो जानकारी दिएका हुन्।
शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीको सूची टुङ्ग्याउने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो। तर, सो प्रक्रियाको विरोध भएको छ। उपाध्यक्ष भीम रावलले बन्दसत्र स्थलमै उठेर विरोध जनाएका थिए। उनलाई घनश्याम भुसालको पनि साथ छ।
एउटै पदमा आफू निकटका नेताहरुको दाबी रहँदा ओलीलाई पदव्यवस्थापनमा समस्या परेको छ। वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र ईश्वर पोखरेल तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ। ती सबै नेताहरु ओलीनिकट हुन्।
त्यस्तै, आइतबारै एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले पनि ओलीलाई भेटेका छन्। ओलीले 'यतिउति चाहियो' भनेर डिमाण्ड नगर्न भनेका थिए। 'तपाईंहरुलाई समेटेर लैजान्छु। सम्मानजनक उपस्थिति हुन्छ,' ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने। भेटमा पूर्वमाओवादीलाई यति नै संख्या दिने भनेर निष्कर्ष ननिस्किएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।