सौराहा- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच सर्वसम्मतिमा एमालेको नयाँ नेतृत्व र केन्द्रीय कमिटी चयनबारे हुने भनिएको छलफल टरेको छ।
ओली बसेको पार्क सफारी रिसोर्टमा ओली र रावलबीच छलफल हुने भनिए पनि रावल ओलीलाई नभेटी महाधिवेशनको बन्दसत्रमा पुगेका छन्।
बिहान १० बजे सुरु हुने भनेको आइतबारको बन्दसत्र भने अहिलेसम्म सुरु भएको छैन। ओली रिसोर्टमै आफूनिकट नेताहरुसँग निरन्तर छलफलमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।