काठमाडौं- गण्डकी प्रदेश कार्यसमितिको सभापतिका लागि कृष्ण केसीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन्।
मङ्सिर १६ र १७ गते हुने प्रदेश अधिवेशनमा गण्डकी प्रदेश सभापति पदका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन्। कास्कीका नेता केसी संस्थापनइतरका हुन्। उनी निवर्तमान जिल्ला सभापतिसमेत हुन्।
गण्डकीको प्रदेश सभापतिका लागि संस्थापनबाटै केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र गोविन्द भट्टराई पनि आकांक्षी छन्। कास्कीकै पूर्वसभापति यज्ञबहादुर थापा पनि सभापतिको आकांक्षी हुन्।
कास्कीका पुराना नेता शुक्रराज शर्मा संस्थापनइतरबाट सभापतिका आकांक्षी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।