काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतरले सभापतिको उम्मेदवार नै खडा गर्न नसकेपछि सुर्खेतको सभापतिमा संस्थापनपक्षका खड्का पोखरेल निर्विरोध चयन भएका छन्।
सभापतिबाहेकका पदमा भने संस्थापनइतरले उम्मेदवार बनाएको छ। उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत संस्थापनपक्षबाट उम्मेदवार बनेका छन्।
संस्थापनइतरले उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा उम्मेदवार बनेका छन्। सचिवमा संस्थापनबाट देवकुमार सुवेदी र बालदीप कँडेल र संस्थापनइतरबाट अनन्त पौडेल र जनकबहादुर रावलले उम्मेदवारी दिएका छन्।
सुर्खेतमा संस्थापनइतरपक्ष कमजोर देखिएको छ। वडा तहदेखि नै संस्थापनपक्ष हाबी भएको छ। महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्लासमेत रहेको सुर्खेतमा संस्थापनइतरका उच्च तहका नेता पराजित भएका छन्।
महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापति कमलराज रेग्मीसहित संस्थापनइतरबाट पूर्वपमन्त्री शिवराज जोशी र राज्यमन्त्री खड्ग बस्याल पराजित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।