सौराहा- नेकपा (एमाले)को जारी १०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावलपक्षले प्रचारप्रसार तीव्र पारेका छन्।
अध्यक्ष केपी शर्मा ओलीपक्षले सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिरहँदा रावलपक्षले अध्यक्षमा मत माग्न थालेका हुन्। रावलपक्षले गेटमा बसेर प्रतिनिधिहरुलाई पर्चा बाँडिरहेका छन्। तर, मूल गेटमा भने पर्चा बाँड्न नदिएर लखेटिएको रावलपक्षले गुनासो गरेका छन्।
यता ओलीपक्षका प्रतिनिधिहरुले भने रावलको पर्चा बाँडिएकोप्रति भन्दै विरोध जनाएका छन्।
महाधिवेशनको बन्दसत्रले शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारको नामावली पेस गर्ने अधिकार दिएको थियो। त्यसअनुरुप आज ओलीले केन्द्रीय कमिटीको नामावली प्रस्ताव गर्ने तयारी गरेका छन्। तर, रावलले भने सहमतिको कुरा राम्रो भए पनि प्रतिस्पर्धा हुन नदिनु ठीक नभएको बताएका छन्। उनले बन्दसत्रमा समय लिएर बोल्दै आफू अध्यक्षको उम्मेदवार भएको र त्यसबाट पछि नहट्ने अडानमा कायम रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।