काठमाडौं- नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला सभापतिमा तीर्थ लामा विजयी भएका छन्।
आज सम्पन्न मतगणनामा उनले एक हजार ६४६ मतसहित विजयी भएका हु्न्। लामाका प्रतिस्पर्धी अच्युत पौडेलले ७७० मत प्राप्त गरे।
सभापतिका लागि भएको मतदानमा कूल दुई हजार ४६८ मत खसेको थियो।
लामा कांग्रेस सभापति शेरबहादुर देउवापक्षबाट उम्मेदवार बनेका हुन्। काभ्रेमा देउवा र कृष्णप्रसाद सिटौला पक्षको बीचमा सहकार्य भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।