काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकको संघीय निर्वाचन क्षेत्र नं १ को सभापतिमा बालकृष्ण बस्नेत तथा क्षेत्र नं २ को सभापतिमा आइतमान तामाङ विजयी भएका छन्।
विजयी दुवै सभापति शेरबहादुर देउवा निकट हुन्। त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्वर २ अन्तर्गतको केन्द्रीय महाधिवेशन प्रतिनिधि (जनजाति)मा रेनुका श्रेष्ठ निर्विरोध चयन भएकी छन्।
जिल्लामा सभापतिका लागि पाँच आकाक्षी देखिएका छन्। महाधिवेशन प्रतिनिधिको मत गणना आज सकिने र भोलिबाट जिल्लाका लागि उम्मेदवार मनोनयन हुनेछ।
जिल्ला सभापतिमा हालसम्म वर्तमान सभापति विकास लामा, हेलम्वु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, डा प्रेमध्वज लामा र हरिशरण श्रेष्ठले दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।