• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमाले महाधिवेशन : सर्वसम्मत गरेर आजै सक्ने तयारीमा ओलीपक्ष, रावल र भुसाल पक्ष भने उम्मेदवारी दिनेमा अडिग

64x64
नेपाल लाइभ आइतबार, मंसिर १२, २०७८  ०९:२६
1140x725

चितवन– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनको सौराहमा जारी छ। शनिबार झण्डै पाँच घन्टा ढिलो गरी सुरु भएको बन्दसत्र आज पनि निरन्तर हुनेछ। शनिबार दिनभर सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरे पनि सम्भव हुन सकेको छैन। 

आज पनि अध्यक्ष मण्डलका संयोजक केपी शर्मा ओलीले केही कसरत गरेका छन्। शनिबार नै बन्दसत्रबाट केन्द्रीय कमिटी सदस्य र पदाधिकारीकै उम्मेदवारीको नामावाली प्रस्ताव गर्ने अधिकार आफ्नो हातमा लिइसकेका ओलीले आज त्यसैअनुसार बन्दसत्रको सुरुमै नामावली प्रस्तुत गर्ने तयारी गरेका छन्।संस्थापन पक्षले पूर्व घोषित निर्णय अनुसार आजै महाधिवेशन समापन गर्ने तयारी गरेको छ।

यसबारेमा शनिबार साँझ नै एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सञ्चारमाध्यमलाई समेत जानकारी गराइसकेका छन्। ‘भीम रावलजी लगायतले उम्मेदवारी दिने भन्नुभएको छ। तर त्यो गरे पनि निर्वाचन हुँदैन अन्तिममा सबै सहमति हुन्छ,’ ओली निकट एक नेता भन्छन्, ‘एकताको सन्देश दिनका लागि पनि हामीले सर्वसम्मत गर्न खोजेका छौं।’

महाधिवेशन हलले अध्यक्षमण्डलका संयोजक केपी शर्मा ओलीलाई पदाधिकारी र केन्द्रीय समितिको सर्वसम्मत नाम प्रस्ताव गर्न म्यान्डेट दिएको विषयप्रति नेता रावलले असन्तुष्टि जनाइसकेका छन्। यसलाई अर्का नेता घनश्याम भुसालले पनि लोकतन्त्रको चिरहरण भनेका छन्। 

संस्थापन पक्षले सर्वसम्मत गर्ने भनिरहँदा रावलले भने अध्यक्षमा उम्मेदवारी दिइछाड्ने बताएका छन्। त्यस्तै भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरु निकट पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षी नेताहरुले पनि उम्मेदवारी दिने भएका छन्। ‘पहिले हामी केन्द्रीय कमिटीको नामावली कसरी आउँछ हेर्छाै,’ रावल निकट एक नेता भन्छन्, ‘हाम्रो नाम समावेश हुन सकेन भने उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने हो।’

अध्यक्ष ओलीले विरोध नगरी बसेको भए रावललाई उपाध्यक्षमा दोहोर्याउन खोजेका थिए। तर, अहिलेको परिस्थितिमा रावललाई नसमेट्ने उनको मनशाय रहेको बुझिएको छ। 

अर्का नेता भुसाललाई पनि उनले उप महासचिवमा दोहोर्याउन खोजे पनि सहमतिका नाममा एकाधिकार गर्न खोजेको भन्दै अभिव्यक्ति दिन थालेपछि ओली त्यसबाट पछि हट्ने देखिएको छ।
शनिबार नै ओलीले रावललाई जवाफ दिने क्रममा असहमत हुने साथीहरुले उम्मेदवारी दिन सक्ने र त्यसमा कुनै रोकटोक नहुने बताएका थिए। ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली  तयार पारिसकेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

 दश बुँदे सहमतिका अन्य नेता मौन
सर्वसम्मत नेतृत्व चयन गरेर जाने विषयमा नेकपा एमालेको चितवनमा जारी महाधिवेशनको बन्दसत्रले अध्यक्षमण्डलका संयोजक केपी शर्मा ओलीले अधिकार प्रदान गर्ने विषयमा भीम रावल र घनश्याम भुसालले असहमति जाहेर गरे पनि दश बुँदे सहमतिमा एमालेमै रहेका अन्य नेताहरु भने मौन नै देखिएका छन्।

उनीहरुले अहिलेको परिस्थिति पार्टीलाई बलियो बनाएर लैजानुपर्ने रहेको भन्दै सहमतिमा नै नेतृत्व चयन गरेर जानुपर्ने बताएका छन्। शनिबार बन्दसत्रपछि पत्रकारहरुसँगको कुराकानीमा नेतृ अष्टलक्ष्मी शाक्यले अहिलेको आवश्यकता सर्वसम्मत नै भएको प्रतिक्रिया दिएकी थिइन्। तर, उनले कसैको उम्मेदवारी दिन पाउने अधिकार वञ्चित भने नहुने बताइन्। अन्य नेताहरुले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०९:२६
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्