• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

सबै अनुकूल हुँदा पनि किन हडबडाइरहेका छन् ओली?

डिबी खड्का, विपी अनमोल आइतबार, मंसिर १२, २०७८  ०८:५८
1140x725

चितवन– केन्द्रीय कमिटीको सूची प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले पाएपछि हलमा उनले भने, ‘बलमिच्याइ होइन, लोकतान्त्रिक प्रयास हो।’ तर, ओलीको भनाइ र उनको गराइमा तादम्य महाधिवेशनभरि भेटिन मुश्किल परिरहेको छ। सूची प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव नेकपा एमाले उपहासचिव विष्णु पौडेलले हलसामु राखेपछि उपाध्यक्ष भीम रावल चकित परेका थिए। किनकि, उनले त्यस्तो प्रस्तावको अपेक्षा त परको कुरा परिकल्पना समेत गरेका थिएनन्। 

अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटीको सूची प्रस्ताव गर्ने अधिकार दिने प्रस्ताव उपमहासचिव पौडेलले बन्दसत्रमा प्रस्तुत गरे। हलमा उपस्थित महाधिवेशन प्रतिनिधि ताली पड्काउन कस्सिहाले। ताली पड्केपछि प्रस्ताव पास भयो तर अध्यक्षमण्डलका सदस्यसमेत रहेका भीम रावलले मञ्चबाट विरोधको हात उठाए। उनलाई झिनो संख्यामा प्रतिनिधिले साथ दिन खोजे।

अध्यक्षको उम्मेदवारी दिने घोषणासहित भोट माग्न सक्रिय रहेका रावललाई उक्त प्रस्तावले तरंगित बनाउनु स्वाभाविक थियो। माहोल तरंगित हुन थालेपछि महासचिव ईश्वर पोखरेलले हस्तक्षेप गरे र भने बोल्न समय दिइन्छ कमरेड आत्तिनुपर्दैन।

फरक मतमाथि बलमिच्याइँ
फरक मतको सम्मान लोकतन्त्रको सौन्दर्य मानिन्छ। तर, एमाले महाधिवेशनमा त्यस्तो देखिँदैन। बरु त्यसलाई निरीहताको प्रतिकका रुपमा स्थापित गरिन थालेको एमाले महाधिवेशनमा देखिन्छ। 

शनिबार बन्दसत्रमा रावलले केही बोल्न खोजेको भन्दै पोखरेलले समय दिए। त्यतिन्जेल प्रतिनिधिहरु निस्किन थालिसकेका थिए। ओलीमय माहोलमा आफ्ना फरक धारणाले हलमा खासै असर नपार्ने रावललाई लागिरहेको थियो। त्यसैले उनले आफूले छोटो भनाइ राख्ने भन्दै हतारिएका प्रतिनिधिलाई आश्वस्त पार्दै भने, ‘कुनै व्यक्तिलाई उम्मेदवारको नाम प्रस्ताव गर्ने अधिकार हुने हो भने अब उप्रान्त निर्वाचन नहुने र फलानोले प्रस्ताव गरे हुन्छ भनेर विधानमा लेख्नुपर्छ।’ 

नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले लोकतान्त्रिक अभ्यास र स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त अनुशरण नगर्ने हो भने दुनियाँका सामुन्ने अनुहार देखाउन पनि नसकिने बताए।

लोकतान्त्रिक अभ्यास र स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त अनुशरण गर्ने र आफू उम्मेदवार बन्ने प्रस्ट पारे। पहिल्यै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले आफू अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने बताए।

सरप्राइजमाथि सरप्राइज
सौराहामा ओलीइतरका नेताहरु हरेक दिन सरप्राइज मात्रै पाइरहेका छन्। मंसिर १० गते बसेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटीको बैठकमा पनि उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसालले सरप्राइज प्राप्त गरेका थिए। केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको प्रस्ताव आउने उनीहरुले सुइँको समेत पाएका थिएनन्। बैठक सुरु हुनुअघि आधा घन्टाअघिसम्म पनि रावल त्यस्तो खास प्रस्ताव नआउने बताइरहेका थिए। जब आयो, केन्द्रीय कमिटीका सदस्य होइन, ओलीइतरका पदाधिकारी नै चकित परे। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई महिनाअघि मात्रै सम्पन्न विधान महाधिवेनशनलाई औचित्यहीन बताउँदै विधान संशोधन प्रस्ताव अघि सारियो। केन्द्रीय कमिटी २२५ बाट ३०१ पुर्‍याइयो। यसैगरी कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी उठ्न नपाइने, आयोगमा सदस्यको संख्या २५ पुर्‍याउनेलगायतका विषयमा संशोधन प्रस्ताव पेश भयो। त्यो केन्द्रीय कमिटी हुँदै हलले पारित गरिसकेको छ। 

सहमति होइन, सहमत खोज्ने प्रयास
नेकपा एमालेको महाधिवेशनलाई एकताको भनिएको छ। माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल, एमाले अन्तरसंघर्षमा माधव नेपाल पक्षमा रहेका भीम रावललगायतका नेताहरु र ओली पक्षको एकता भनिएको हो। 

त्यही एकताका लागि सहमतिमा नेतृत्व चयन गर्ने भाष्य महाधिवेशनको माहोल सुरु हुनुअघिदेखि नै सुरु भएको थियो। अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्रकै फरक धारणा राख्नेहरुसँग सहमति भने अहिलेसम्म खोजेका छैनन्।

उनले न केन्द्रीय कमिटी निर्वाचनको तरिकामा सहमति खोजे। न आफू अध्यक्ष दोहोर्याउने कुरामा उपाध्यक्ष भीम रावलसँग सहमतिको प्रयास गरे। रावलले लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कुरा गरिरहँदा पार्टीमा रहेको प्रभावका बलमा रावलमाथि खिसीट्युरी गरिरहेका थिए, ‘अर्कोले उम्मेदवारी दिएन, लड्न आएन भने तपाईं सर्वसम्मत हुनुहोला मान्नुहुन्छ कि हुन्न?’ उनले भनेका थिए। उनी यतिमै रोकिएनन् प्रतिनिधि नै आफूलाई अध्यक्ष मान्ने आइपुगेको कुरलाई लिएर रावलको उम्मेदवारीको औचित्यमाथि प्रश्न उठाउँदै  उनले भने, ‘चुनाव लडे पनि सर्वसम्मत गरेपनि निष्कर्ष (परिणाम) त उस्तैउस्तै आउने होला।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी उपाध्यक्षमा उम्मेदवारी गरेका उपमहासचिव घनश्याम भूसालसँग पनि अध्यक्ष ओलीले भेटघाट गरेका छैनन्। उपाध्यक्षमै भूसाललाई राखिए उनी त्यसैमा सहमत हुन सक्छन् तर नराखिए उनको उम्मेदवारी निरन्तर रहने उनीनिकट नेता बताउँछन्। 

ओली अहंमा ठेस
१० औं महाधिवेशनका हरेक प्रक्रिया ओली अनुकल नै छन्। तरपनि किन हडबडाइरहेका छन् ओली? उनले भनेजस्तै ओलीले सर्वसम्मत नेतृत्व चुनिएको रवाफ बनाएर विरोधीलाई चुनौती दिन चाहन्छन्। आफूभित्रका समकक्षी प्रतिस्पर्धीलाई पाखा लगाइसकेका उनी जुनिएरबाट चुनौतीको अपेक्षा राखिरहेका थिएनन्। 

सर्वसम्मत नेतृत्वमा चयन भएको इतिहास बनाउन उनी लालायित थिए। उपाध्यक्ष रावलको चुनौतीले उनको इगोमा ‘हर्ट’ गरिरहेको छ। आफूसँग अध्यक्षमै प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका व्यक्तिसँग सौदाबाजी गर्न पनि ‘ओली अहं’ले दिइरहेको छैन।

त्यसैमाथि रावल अध्यक्षबाट पछि हट्ने अवस्थामा उनलाई वरिष्ठ उपाध्यक्ष दिनुपर्ने हुन सक्छ,। उपाध्यक्ष भइसकेका रावल त्यही पदमा दोहोरिन चाहँदैनन्। वरिष्ठ उापध्यक्षमा आफ्नै गुटमा भइरहेको प्रतिस्पर्धालाई उनले बल्लबल्ल सेटल गरेका छन्। त्यसैले उनी पेलेरै गलाउने रणनीतिमा लागेका हुन्।  

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्