काठमाडौं– नेपाली कांग्रेसको रूपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण चयन भएका छन्।
शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन्।
संस्थापन पक्षबाट सभापति बनेका रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्। यसअघि उनी जिल्ला कार्यसमिति सचिव थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।