चितवन– नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले आजको बन्दसत्रमा केन्द्रीय कमिटीको ३०१ सदस्यीय नामावली प्रस्तावका रूपमा पेश गर्ने भएका छन्।
हिजोको बन्दसत्रबाट बहुमतसहित केन्द्रीय कमिटी र पदाधिकारीको नाम प्रस्ताव गर्ने अधिकार पाएका ओलीले आजको बैठकमा सुरुमा केन्द्रीय कमिटीको ३०१ सदस्यीय नामावली प्रस्ताव गर्ने भएका छन्।
उनलेे यसका लागि गृहकार्य अन्तिम चरणमा पुर्याएको उनी निकट एक नेताले जानकारी दिए। हलमा केन्द्रीय कमिटीको नामावली प्रस्तुत भएपछि त्यसपछि पदाधिकारीमा सहमति खोजेर जाने तयारी ओलीको रहेको छ। `उहाँले पहिले ३०१ सदस्यको नाम पेश गर्नुहुन्छ,´ उनी भन्छन्, `त्यसमा हलले के गर्छ त्यसपछि तिनै मध्यबाट पदाधिकारीमा सहमति खोजिनेछ।´
ओलीको यो निर्णयमा एमाले नेताहरू भीम रावल र घनश्याम भुसालले विरोध जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।