चितवन– नेकपा एमालेको चितवनमा जारी दशौ राष्ट्रिय महाधिवेशनको बन्दसत्र जारी छ।
आइतबार बिहान १० बजे पुनः बन्दसत्र सुरु हुँदै छ। अहिलेसम्म निर्वाचनका लागि आवश्यक कुनै प्रक्रिया अघि बढाइएको छैन।
निर्वाचन आयोगलाई काम अगाडि बढाउन कुनै जिम्मेवारी नदिइएको नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए।
`हामीलाई अहिलेसम्म निर्वाचनको प्रक्रिया अघि बढाउन कुनै निर्देशन दिइएको छैन,´ उनलेे भने, `निर्वाचनको काम अगाडि बढाउन भनेपछि सुरु गर्छौं।´
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।