काठमाडौं– कास्की कांग्रेसको सभापतिमा संस्थापनका किशोरदत्त बराल विजयी भएका छन्।
विजयी बरालले ९९५ मत ल्याएका थिए। उनले सभापतिका प्रत्यासी सुदीपमोहन भट्टराईलाई ८० मतले पराजित गरेका हुन्।
दोस्रो चरणको मतदानमार्फत बराल सभापति चुनिएका हुन्।। पहिलो चरणमा प्रतिस्पर्धा गरेका ५ जनामध्ये कुनै उम्मेदवारको पनि ५१ प्रतिशत मत नकटेपछि शीर्ष स्थानको मत ल्याउने बराल र भट्टराईबीच शनिबार पुनः मतदान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।