काठमाडौं– इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित दर्ता गरेको छ। पोर्चुगिज फरवार्ड डिएगो जोटाको दुई गोल मद्दतमा लिभरपुलले साउथह्याम्टनलाई ४–० को गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा थियागो अलकान्तारा र भर्जिल भान डाइकले समान एक/एक गोल थपे। शनिबार राति सम्पन्न खेलको दोस्रो मिनेटमा नै डिएगो जोटाको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। ३२औं मिनेटमा जोटाले ने गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। जोटाले दोस्रो गोल मोहम्मद सलाहको पासमा गरेका थिए।
खेलको ३७औं मिनेटमा थियागो अलकान्ताराले गोल गर गर्दै लिभरपुललाई पहिलो हाफमा ३–० को स्थितिमापुर्याएका थिए। ५२औं मिनेटमा भर्जिल भान डाइकको गोलमा लिभरपुल ४–० को स्थितिमा पुग्यो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा लिभरपुल विजयी भयो।
जितसँगै लिभरपुल १३ खेलबाट २८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी लिभरपुलभन्दा २ अंकले पछि छ भने शीर्षस्थानको चेल्सीभन्दा १ अंकले पछि छ। पराजित साउथह्याम्टन १४ अंक जोडेर १४औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।