काठमाडौं– लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलले न्युक्यासललाई २–१ ले पराजित गरेको हो। आर्सनलको जितमा बुकायो साका र गाव्रियल मार्टिनेलीले गोल गरे।
आर्सनलले खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो। दुवै गोल दोस्रो हाफमा भएको थियो।
५६औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। उनले नुनो टाभारेसको पासमा गोल गरेका थिए।
६६औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे। उनले ताकेहिरो तोमीयासुको पासमा गोल गरे।
जितसँगै १३ खेलबाट २३ अंक जोडेको आर्सनल अंक तालिकामा पाँचौ स्थानमा यथावत छ। पराजित न्युक्यासल ६ अंक जोडेर पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।