सौराहा- नेकपा (एमाले)ले आफ्नो केन्द्रीय सदस्य संख्या २२५ बाट ३०१ पुर्याउने निर्णय गरेसँगै ती सदस्य चुनिने प्रक्रियामा पनि परिवर्तन आएको छ।
एमालेको पदाधिकारीबाहेक भौगोलिक, गैरभौगोलिक र समावेशी समूहबाट निर्वाचित हुने संरचनामा परिवर्तन आएको हो।
असोज १५ देखि १६ सम्म चलेको विधान महाधिवेशनबाट पारित कमिटीको ढाँचालाई शुक्रबार मध्यरातमा बसेको केन्द्रीय कमिटी बैठकले परिवर्तन गरेको थियो। परिवर्तित स्वरुपलाई शनिबारको बन्दसत्रले अनुमोदन गरिसकेको छ।
अब एमालेको पदाधिकारी संख्या १९ हुने भएको छ। बाँकी केन्द्रीय सदस्यमध्ये १३७ जना खुला प्रतिस्पर्धाबाट आउनेछन्। तीमध्ये ५३ जना महिला हुनेछन्।
त्यस्तै, प्रत्येक भौगोलिक प्रदेशबाट ६ खुला र ३ महिलासहित ६३ जना निर्वाचित हुनेछन्। उपत्यका विशेष र सम्पर्क समन्वयबाट एक खुला र एक महिलाको लागि निर्वाचन हुनेछ।
समावेशी समूहमा ७८ जनाको लागि निर्वाचन हुनेछ। जसमध्ये खुलामा ५४ र महिलामा २४ जनाको लागि निर्वाचन हुनेछ।
पदाधिकारी (सबै खुला) -१९
अध्यक्ष-१
वरिष्ठ उपाध्यक्ष-१
उपाध्यक्ष-६
महासचिव- १
उपमहासचिव- ३
सचिव- ७
केन्द्रीय कमिटी (खुला प्रतिस्पर्धा)- १३७
खुला- ८४
महिला- ५३
केन्द्रीय कमिटी (भौगोलिक क्षेत्र)- ६७ (४४ खुला र २३ महिला)
सात प्रदेश- ६३ (प्रत्येक प्रदेशबाट ६ खुला र ३ महिला)
उपत्यका विशेष- २ (१ खुला र १ महिला)
सम्पर्क समन्वय- २ (१ खुला र १ महिला)
केन्द्रीय कमिटी (समावेशी)- ७८ (खुला ५४ र महिला २४)
आदिवासी जनजाति- २५ (१७ खुला र ८ महिला)
मधेसी- १९ (१३ खुला र ६ महिला)
दलित- १२ (८ खुला र ४ महिला)
थारु- ७ (५ खुला र २ महिला)
मुस्लिम- ५ (४ खुला र १ महिला)
श्रमिक- ६ (४ खुला र २ महिला)
पिछडिएको क्षेत्र- ४ (३ खुला र १ महिला)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।