काठमाडौं– ललितपुरमा नेपाली कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको मतदान हुने भएको छ।
पहिलो चरणका तीन उम्मेदवारमध्ये कुनैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान गर्न लागिएको हो।
शनिबार भएको मतदानमा रामकृष्ण चित्रकारले ५०४, जितेन्द्रकुमार श्रेष्ठले ४७१ र मीनकृष्ण महर्जनले ३३६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।
पहिलो र दोस्रो स्थानको मत ल्याएका क्रमशः चित्रकार र श्रेष्ठबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने भएको छ। दोस्रो चरणको मतदान आइतबार हुनेछ।
पहिलो स्थानको मत ल्याएका चित्रकार ललितपुर कांग्रेस जिल्ला सभापति मदन अमात्य निकट हुन्।
दोस्रो स्थान ल्याउने श्रेष्ठ र महर्जन पूर्वराज्यमन्त्री उदय शम्शेर राणा निकट हुन्। राणा निकट दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धाबाट बाहिरिने उम्मेदवारले सघाउने सहमति भएको छ।
त्यसअनुसार महर्जनले दोस्रो स्थान ल्याएका श्रेष्ठलाई सघाउनु पर्दछ। राणा निकटका दुई उम्मेदवारबीच भएको सहमतिले श्रेष्ठ चुनिने सम्भावना बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।