काठमाडौं– नेपाली कांग्रेसको नुवाकोट जिल्ला सभापतिमा रमेश महत विजयी भएका छन्। महतले सभापतिका अर्का उम्मेदवार डा केदारनरसिंह केसीलाई पराजित गरेका हुन्।
संस्थापन र डा रामशरण महत पक्षको गतबन्धनको सहयोगबाट महत विजयी भएका हुन्।उनले २२ मतको अन्तरले केसीलाई हराएका हुन्।
नुवाकोटमा वडा तहदेखि जिल्ला नेतृत्वसम्म संस्थापन र महतपक्षले गठबन्धन बनाएको थियो।
डा महतले तल्लो तहको नेतृत्वमा संस्थापनपक्षलाई सहयोग गरेर आफू निकटलाई सभापतिमा उठाएका थिए।
विजयी महत र नेता महतबीच पारिवारिक सम्बन्ध पनि छ। संस्थापनइतर नै दुईतिर भएपछि नुवाकोटमा नेता अर्जुन नरसिंह केसीपक्ष कमजोर भएको छ।
चार प्रदेश सभा क्षेत्र,दुई प्रतिनिधि सभा क्षेत्र तथा जिल्ला नेतृत्वमा केसी पक्ष पराजय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।