सौराहा (चितवन)- नेकपा (एमाले)ले पार्टीको विधान दुई महिनामै संशोधन गरेको छ।
गत असोजमा ललितपुरमा भएको प्रथम विधान महाधिवेशनबाट विधान पारित गरेको थियो। तर, त्यसको दुई महिनामै पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट विधानका केही धारामा संशोधन गरेको हो।
नेतृत्व चयनका लागि जारी महाधिवेशनमा पदाधिकारी र केन्द्रीय कमिटीमा आकांक्षी धेरै देखिएपछि सहमतिमा नेतृत्व चयन गर्ने भन्दै विधानमा हेरफेर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।