काठमाडौं– नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले बागमती प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेका छन्।
नेता कृष्णप्रसाद सिटौला निकट प्रधानले शनिबार एक कार्यक्रम आयोजना गर्दै उम्मेदवारीको घोषणा गरेका हुन्। काठमाडौं ६ बाट निर्वाचित सांसद प्रधानले अन्य पक्षभन्दा अघि उम्मेदवारी घोषणा गरेका छन्।
सभापति शेरबहादुर देउवालपक्षबाट बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ उक्त पदका दाबेदार हुन्।
संस्थापनइतरको वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसी र काभ्रेका जिल्ला सभापति मधु आचार्य बागमती प्रदेश सभापतिको आकांक्षी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।