सौराहा- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डल र माइन्युट कमिटी गठन गरिएको छ।
अध्यक्षमण्डलमा अध्यक्ष केपी शर्मा ओलीसहित ११ सदस्य रहेका छन्। सदस्यहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा 'बादल', टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन्।
त्यसैगरी, सात सदस्यीय माइन्युट कमिटीमा पार्टी सचिव पृथ्बीसुब्बा गुरुङसहित सूर्य थापा, विष्णु रिजाल, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन्।
यसैबीच पार्टीका संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव बन्दसत्रमा पेस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।