नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी विदेशी पाहुना। साथमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत। तस्बिरः रासस
सौराहा- दुई छिमेकी देश भारत र चीनका कम्युनिस्ट पार्टीहरुले नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुसँग सहकार्य गर्न चाहेको सन्देश दिएका छन्। नेकपा (एमाले)को १०औं महाधिवेशनमा शुभकामना सन्देश दिँदै उनीहरुले यस्तो बताएका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट भिडियो शुभकामना सन्देश पठाइएको थियो भने भारतबाट नेताहरु सहभागी भएका थिए। भारतीय कम्युनिस्ट पार्टीका नेता वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलन र रुचिले दक्षिण एसियामा कम्युनिस्टहरुको शासन बढ्ने आशा व्यक्त गरे।
'सबै वामपन्थीसँग सहकार्य'
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले नेपालको महत्त्वपूर्ण वामपन्थी शक्तिको रुपमा एमालेले विकासको मार्ग पहिल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको बताएको छ।
एमाले र अन्य वामपन्थी दलहरूबीचमा चीनले सुदृढ र असल सम्बन्ध कायम गर्न चाहेको शुभकामना सन्देशमा बताइएको छ।
राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विकास र समझदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ। सीपीसीले हालै एकसय वर्ष मनायो त्यस क्रममा शताब्दी लामो प्रयासका प्रमुख उपलब्धीहरूको समीक्षा गरेको थियो। ती उपलब्धि र सिकाइहरूलाई हामी आदानप्रदान गर्न चाहन्छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।