सौराहा (चितवन)- नेकपा (एमाले)ले पार्टीको जारी १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयभित्र सम्पन्न हुने जानकारी दिएको छ।
सौराहास्थित महाधिवेशनस्थलमा आयोजित प्रेस ब्रिफिङमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले भोलि १२ गते नै महाधिवेशन सम्पन्न हुने जानकारी दिएका हुन्। उनले पार्टीको नयाँ नेतृत्वसमेत सहमतिबाटै चयन हुने दाबी गरे।
जारी महाधिवेशनको बन्दसत्र तोकिएको समयमा सुरु नभएपछि महाधिवेशन लम्बिने आशंका गरिएको थियो। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र पाँच घण्टापछि सुरु भएको थियो। अहिले चलिरहेको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।