सौराहा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी खोसेर प्रतिक्रियावादीको पाउमा चढाउन खोजिएको आरोप लगाएका छन्।
चितवनमा जारी एमाले महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले तत्कालीन नेकपालाई पुष्पकमल दाहाल र माधवकुमार नेपालपक्षले प्रतिक्रियावादीलाई बुझाउन खोजेको बताएका हुन्।
‘हिजोमात्रै हो। एक वर्ष पुगेको छैन। हाम्रो हातबाट पार्टी खोसिएको थियो। हामी निस्कासित भएका थियौं। सडकमा फालिएका थियौं। पार्टी खोसिएर प्रतिक्रियावादीको पाउमा चढाउन खोजिएको थियो,’ ओलीले भने, ‘त्यस्तो बेलाबाट आज एक वर्ष नपुग्दै यो पार्टी यस तहमा पुन:जीवित मात्रै होइन। यो पार्टी धुलोमा पछारिएको थियो। अहिले नेपालको सबैभन्दा ठूलो पार्टीको रुपमा-निर्णायक पार्टीको रुपमा दर्ज भएको छ।’
एमालेले अघि सारेका नीतिहरु नै राष्ट्रका नीति बन्न पुगेको ओलीले दाबी गरे। ‘हामीले सारेका नीतिहरु व्यवहारमा कसैले लागू गर्दैन र गल्ती गर्छ भने त्यो देश हितविरुद्धमा हुन्छ,’ ओलीले भने, 'आज पाँचदलीय गठबन्धनले हामीले अगाडि सारेका नीतिहरु कार्यान्वयन गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।