सौराहा– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले महाधिवेशनमा सहभागी भएका जत्तिको जनसहभागीता अरु कुनै पार्टीले गराउन नसक्ने ठोकुवा गरेका छन्।
चितवनमा जारी १०औं महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै ओलीले एमाले जस्तै उत्साहजनक जनसहभागीता गराउन गाह्रो हुने दाबी गरेका हुन्।
एमालेले एकैपटक वडा,पालिका र प्रदेश अधिवेशन गरेपछि अन्य पार्टीहरुले समेत सिको गरेको भन्दै उनले माओवादीलाई ब्यांग्य गरे।
‘एमाले विवाद रहितढंगले वडा,पालिका प्रदेश अधिवेसन सम्पन्न गर्यो । त्यसमा एमाले सफलपनि भयो। त्यसको सिको गरेर अरुले पनि एकैदिन वडा अधिवेशन, एकैदिन पालिका अधिवेzन भन्न थालेका छन्,’ ओलीले भने, ‘एमालेबाट सिक्दै गए राम्रो हो। सबै कुरा सिक्न सकिन्छ। तर, अल्को मान्छेबाट धेरै कुरा सिक्न सकिएला। तर, आफ्नो उचाई बढाउन सकिँदैन, त्यस्तै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।