सौराहा- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनपछि पार्टी वैचारिक रुपमा स्पष्ट बनेको दाबी गरेका छन्।
चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले अन्योलग्रस्त एमालेलाई स्पष्टरुपमा नेतृत्व गरेको दाबी गरेका हुन्।
‘पार्टीको नवौं महाधिवेशनयता पार्टीलाई स्पष्ट वैचारिक रुपमा अगाडि बढायौं। त्यो भन्दा अघि एमाले के हो? के हो? के हो यसको नीति? कता जाने हो? यसको कतिपयले जेण्डरका प्रश्न उठाए। अनेक दुर्भास्यहरु बोले। वास्तवमा परिस्थिति त्यस्तै-त्यस्तै थियो,’ ओलीले भने, ‘यसबीचमा नवौं महाधिवेशनपछि सही दिशामा अगाडि बढाउँदै गयौं। र, स्पष्ट नीतिसहित जबजलाई कार्यन्वयन गर्दै जाने समाजवादका आधारहरु तयार पार्दै अवस्थामा आयौं।’
एमालेलाई सामाजिक परिवर्तनको अग्रनि नेतृत्व पार्टीको रुपमा स्थापित गरेको ओलीले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।