चितवन- नेकपा (एमाले)को जारी १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधिहरुसँग मत माग्न थालेका छन्।
महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयत्न अध्यक्ष केपी शर्मा ओलीले जारी राखेकै बेला रावलले भने मत माग्न सुरु गरेका हुन्।
अहिले चितवनको सौराहामा एमाले महाधिवेशनको बन्दसत्र जारी छ। बन्दसत्रमा प्रवेश गर्नुअघि रावलले प्रतिनिधिहरुसँग मत मागेका थिए। अहिले भने रावल बन्दसत्रमा सहभागी छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।