फाइल तस्बिर।
सौराहा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनका लागि सहमति नजिक पुगिएको बताएका छन्। शनिबार बन्दसत्रमा सहभागी हुनुअघि पत्रकारहरुलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले सो जानकारी दिएका हुन्।
'सहमति नजिक पुगिसक्नुभएको हो?' भन्ने प्रश्नको जवाफ दिँदै उनले भनेका थिए- एकदमै।
केही पदका लागि ओली निकटका नेताहरु नै प्रतिस्पर्धी देखिएपछि ओलीलाई अप्ठ्यारो परेको थियो। विशेषगरी वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र ईश्वर पोखरेल तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरिरहेका छन्।
त्यसो त, ओलीलाई पनि अध्यक्षमा भीम रावलले चुनौती दिने भएका छन्। अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले आफू पछि नहट्ने स्पष्ट पारिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।