काठमाडौं- नवलपरासी कांग्रेसको सभापतिमा संस्थापनइतरका अर्जुनकुमार पोखरेल विजयी भएका छन्।
विजयी पोखरेलले ७५६ मत प्राप्त गरे। देउवा पक्षबाट सभापतिमा उम्मेदवारी दिएका मोहन प्रसाद शर्माले ५६१ मत ल्याए।
विक्रमप्रसाद यादव र अनिल गौड उपसभापतिमा विजयी भए। सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादवले जित निकाले।
दीपक बराल र सन्तबहादुर गाहा सहसचिव चयन भएका छन्। पौडेल पक्षले महाधिवेशन प्रतिनिधि बहुमत संख्या जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।