काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रक्रियावादी, अवसरवादी, संशोधनवादी, प्रतिक्रान्तिकारी सबैले माओवादी आन्दोलन र त्यसको नेतृत्वलाई तारो बनाएको बताएका छन्।
माओवादी केन्द्रको सबै पालिका अधिवेशनको शनिबार एकैपटक भर्चुअल उद्घाटन गर्दै प्रचण्डले माओवादी र त्यसको नेतृत्वलाई तारो बनाएकाले परिवर्तनका उपलब्धि रक्षाका निम्ति सबै एकजुट हुनुपर्ने बताए।
‘कुनै न कुनै रुपमा माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरु र यसले अगाडि ल्याउन खाजेको समाजवादी आन्दोलन, समाजवादी अभियानलाई निस्तेज पार्ने राष्ट्रिय तथा अन्तर्राष्टिय तत्वहरु लागेका छन्। यसलाई चिर्ने चुनौती पनि छ। यो एउटा अवसर र चुनौती दुवै हाम्रासामू खडा छ’ प्रचण्डले भने, ‘हामी एकतावद्ध भएर जाँदा यो सामना गर्न सकिन्छ। यसमा हामी सबै एकजुट भएर लागौं।’
उनले माओवादी पार्टी अरु बुर्जुवाको जस्तो पार्टी नहुने समेत बताए। एउटा क्रान्तिकारी पार्टीको रुपमा इतिहासको दायित्व र अभिभारा पूरा गर्ने बताए। माओवादी निर्माणमा सबै नेता कार्यकर्ताको त्याग, तपस्या, विरता र बलिदान रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।