काठमाडौं– राप्रपा नेता भुवन पाठकले यही मंसिर १५ देखि १७ गतेसम्म हुने पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल लाइभसँग कुरा गर्दै उनले राप्रपालाई तेस्रो शक्तिको रुपमा अघि बढाउन आफू परिपक्व उम्मेदवार भएको दाबी गरे। निर्वाचित हुने तीन महामन्त्रीमध्ये एकमा आफू उठ्ने उनले घोषणा गरे।
राप्रपामा एक अध्यक्ष, ६ उपाध्यक्ष र ६ महामन्त्री पदमा पदाधिकारी चयन हुँदै छ। पटक पटक विभाजन भई एक भएको राप्रपाले एकता महाधिवेशन गर्ने भएकाले पार्टीलाई एक बनाएर लैजाने आफ्नो अजेन्डा रहेको पाठकले बताए।
‘म पुरानो समयदेखि राप्रापा एकता पक्षको नेता हुँ ’ पाठकले भने ‘युवाहरुले पार्टी हाक्नुपर्ने भएकाले अब महामन्त्रीमा दाबी पेस गरेको छु।’
पछिल्लो पार्टी विभाजनमा पशुपति शमशेर राणातिर रहेका पाठक शालिन नेता मानिन्छन्। हालसम्म महामन्त्रीमा धवल शमशेर राणाले उम्मेदवारी घोषणा गरेका छन्। ६ महामन्त्रीमध्ये महिलासहित ३ निर्वाचनबाट आउने छन् भने ३ मनोनयन हुने विधानको व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।