काठमाडौं– पाल्पामा कांग्रेस संस्थापनइतरका सभापतिका उम्मेदवार हिमालदत्त श्रेष्ठको प्यानलले अधिकांश पदमा जित हासिल गरेको छ।
नेपाल विद्यार्थी संघका पूर्वनेता समेत रहेका श्रेष्ठले सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार कृष्णप्रसाद बस्यालको टीमलाई हराएका हुन्।
श्रेष्ठले ८९० प्राप्त गरी विजयी हुँदा अर्का उम्मेदवार बस्यालले ३८१ मत ल्याए। विजयी श्रेष्ठले दोब्बर मत भन्दा बढीको अन्तरले बस्याललाई पछि पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।