काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन्। त्यहाँ कुनै विचार, सिद्धान्तलाई स्थान नदिइएको उनले बताए।
शनिबार माओवादी केन्द्रको ७५३ पालिका अधिवेशनलाई भर्चुअल उद्घाटन गर्दै प्रचण्डले एमाले महाधिवेशन जस्तै आफ्नो पार्टीमा नहुने जिकिर गरे। उनले एमाले तथाकथित महाधिवेशन र आफूहरूको विचार निर्माणको विकाससंग कुनै तुलना हुन नसक्ने बताए।
‘हिजो हामीले कुम्भ मेला जस्तो देख्यौं। जहाँ कुनै विचार र सिद्धान्तलाई ठाउँ छैन। त्यहाँ छलफल र बहसलाई कुनै ठाउँ छैन’, प्रचण्ड भने, ‘त्यहाँ जनतालाई भ्रम दिन कोसिस मात्रै छ। यस्ता तथाकथित अधिवेशन देख्यौं। देखिरहेका छौं। तीभन्दा भिन्न हामी विचारलाई, राजनीतिक लाइनलाई, संगठनात्मक कार्यदिशालाई, हाम्रो कार्यशैली र आचार व्यवहारलाई प्राथमिकता दिन्छौ| त्यसरी सम्मेलन गर्दैछौं।’
एमाले महाधिवेशन र माओवादीले गर्न थालेको विचारको विकास र संश्लेषणलाई जनतालाई राम्रोसँग बुझाउन प्रचण्डले निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।