फाइल तस्बिर।
काठमाडौं– नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी अरु पार्टी जस्तो नभएको बताएका छन्।
शनिबार माओवादी केन्द्रको पालिका सम्मेलन उद्घाटनको भर्चुअल कार्यक्रममा बोल्दै उनले माओवादीको विगत र विरासत दुवै क्रान्तिकारी रहेको बताए।
'माओवादी त्या, तपस्या. विरता र बलिदानले भरिएको छ। विचार र प्रवृत्ति क्रान्तिकारी छ। क्रान्तिकारी सामाजिक रुपान्तरण गर्दै समाजवादमा जाने अभिस्ट छ', प्रचण्डले भने, 'यो बीचमा क्रान्तिकारी सक्रिय हुनुपर्ने हो। जति सक्रिय र व्यवस्थित हुनु पर्ने हो। भएन। अब हुनुपर्नेछ।'
माओवादीलाई क्रान्तिकारी पार्टीको रुपमा पुनसंगठित गर्ने र देशव्यापी अभियान चलाउने उनले बताए। समाजवादी क्रान्ति गर्नलायक पार्टीको रुपमा विकसित गर्ने संकल्प गर्नुपर्ने उनको भनाइ छ।
'सबैभन्दा पहिलो विचार विकास र परिमाजर्नन गर्नु जरुरी छ। मालेमावादी मार्गदर्शक सिद्धान्तको रुपमा सर्वसम्मत रुपमा स्वीकार गरेका छौं। अब समाजवादी क्रान्तिको मोडल आर्थिक, सामाजिक, सांकृतिक पार्टी संगठन र कार्यशैली विकसित गर्नुपर्छ', प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।