सौराहा- पार्टी विभाजनका बेलामा माधवकुमार नेपालाई साथ नदिई एमालेमै रहेका 'दश नेता'मध्ये चार जनाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आफ्नो सन्देश सुनाएका छन्। उनीहरुले शनिबार बिहान होटल पार्क सफारीमा ओलीसँग भेट्दै आफूहरु भीम रावलको साथमा नरहेको प्रष्ट पारेका हुन्।
अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, रघुजी पन्त तथा गोकर्ण विष्टले ओलीलाई भेटेर 'दश नेता'को समूह पहिल्यै विभाजन भइसकेको प्रष्ट पारेका हुन्। रावलले अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन्। रावललाई फिर्ता गराएर निर्विरोध अध्यक्ष भन्ने प्रयत्नमा रहेका ओलीलाई उनीहरुले आफूहरुको साथ उनलाई नै रहेको प्रष्ट पारेका हुन्।
'भीम रावलले हामीसँग सल्लाह गरेर उम्मेदवारी घोषणा गरेका होइनन्', ओलीसँगको भेटमा उनीहरुको सामूहिक स्वर थियो, 'सल्लाह नै गरेको भए पनि यस्तो बेलामा अध्यक्ष नउठ्न सुझाव दिन्थ्यौं।'
उनीहरुले सहमतिमै नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका थिए। त्यसका लागि आफूहरु जस्तोसुकै त्याग गर्नका लागि पनि तयार रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।