चितवन- नेकपा एमालेका नेता लालबाबु पण्डितले सहमति हुने अवस्था आए आफू बाधक नबन्ने बताएका छन्।
शनिबार नेपाल लाइभसितको कुराकानीमा नेता पण्डिले आफ्नो चाहना उपाध्यक्षमा उम्मेदवारी दिने रहेको भन्दै निर्वाचन भए प्रतिस्पर्धा गर्ने बताए।
सहमतिबाटै नेतृत्व चयन हुने परिस्थिति आए आफू बाधक नहुने उनको भनाइ छ।
अहिलेको परिस्थितिमा निर्वाचन भन्दा सहमति कै आधारमा नेतृत्व चयन गर्नु उपयुक्त हुने पण्डितको धारणा छ। पण्डितले नवौं महाधिवेशनमा पनि उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।