काठमाडौं- तनहुँमा रामचन्द्र पौडेल पक्षबाट जिल्ला सभापतिमा बैकुण्ठनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्। उनी वर्तमान सभापतिसमेत हुन्।
पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट जीत प्रकाश आले उम्मेदवार बनेका छन्। पौडेल पक्षमा नै रहेका आलेले उनको साथ छोडेर संस्थापन तिर लागेका छन्।
आलेलाई केन्द्रीय सदस्यद्वय शंकर भण्डारी, गोविन्द भट्टराई तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको साथ छ। तनहुँ १ मा पौडेलपक्ष हावी छ भने २ मा संस्थापनपक्ष बलियो छ।
तनहुँको जिल्ला अधिवेशन आज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।