चितवन- नेकपा (एमाले)ले नेताहरुको पदीय व्यवस्थापन मिलाउन उपाध्यक्ष र उपमहासचिव थप्न प्रस्ताव गरेको छ।
सौराहामा शुक्रबार अबेर राति बसेको एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकमा महासचिव ईश्वर पोखरेलले यस्तो प्रस्ताव गरेका हुन्।
पोखरेलले २ उपाध्यक्ष र २ उपमहासचिव थप्न प्रस्ताव गरेका छन्। एमालेको विधान महाधिवेशनले ४ उपाध्यक्ष र एक उपमहासचिव हुने व्यवस्था गरेको थियो। प्रस्तावअनुसार भए एमालेमा अब ६ उपाध्यक्ष र ३ उपमहासचिव हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।