चितवन- नेकपा (एमाले)को नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।
शुक्रबार चितवनको सौराहामा ढिलागरि सुरु भएको बैठकमा उनले जनपरिचालन आफ्नो मुख्य उद्देश्य रहेको भन्दै उक्त उद्देश्य सफल भएको बताए। राति ८ बजे बस्ने भनिएको बैठक ११ बजेबाट सुरु भएको छ।
दिउँसो नारायणी नदी किनारमा भएको १०औं महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भएका कार्यकर्ता साँझ घर फर्कनै लाग्दा चितवनका विभिन्न सडकखण्डमा सवारी व्यवस्थापन अस्तव्यस्त भएका छन्।
उद्घाटन समारोह सकिएसँगै चितवनको विभिन्न स्थानका सडकमा सवारी जामले आवतजावतमा कठिनाइ भएको छ। जसले गर्दा एमाले केन्द्रीय सदस्यहरु जाममा परेका थिए। अध्यक्ष ओली पनि ढिलागरि बैठक स्थलमा उपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।