चितवन- महाधिवेशनस्थल चितवनको सौराहामा बस्ने भनिएको नेकपा (एमाले)को ९औं केन्द्रीय कमिटीको अन्तिम बैठक ढिला गरि सुरु हुने भएको छ।
शुक्रबार राति ८ बजेका लागि बैठक तय गरिएको बैठक जामले गर्दा बस्न ढिलाइ भएको हो।
दिउँसो नारायणी नदी किनारमा भएको १०औं महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भएका कार्यकर्ता साँझ घर फर्कनै लाग्दा चितवनका विभिन्न सडकखण्डमा सवारी व्यवस्थापन अस्तव्यस्त भएका छन्।
उद्घाटन समारोह सकिएसँगै चितवनको विभिन्न स्थानका सडकमा सवारी जामले आवतजावतमा कठिनाइ भएको छ। जसले गर्दा नेताहरू बैठकस्थलमा पुग्न ढिला भएको हो।
बैठक सुरु नभएपछि नेताहरू व्यक्तिगत छलफलमा जुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।