चितवन- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन्।
सौराहामा पत्रकारसँग कुराकानी गर्दै उनले आफूले फिर्ता लिनका लागि उम्मेदवारी घोषणा नगरेको समेत स्पष्ट पारे। 'यो मैले सांसद पदबाट राजीनामा फिर्ता लिए जस्तो होइन,' उनले भने,'प्रतिस्पर्धा गर्ने बाँकी कुरो प्रतिनिधिले बुझ्ने छन्।'
आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसँगै भोट पनि माग्न थालिसकेको उनले जानकारी दिए। 'सर्वसम्मत हुने वा नहुने अवस्था अहिले निश्चित छैन। अरु पदमा सर्वसम्मत हुन्छ कि हुँदैन भनेर हिसाब गरेर उम्मेदवारी दिएको पनि होइन,' उनले भने।
निर्वाचनमा प्यानल बनाउने अवस्था आए आफू पनि पछि नपर्ने उनले स्पष्ट पारेका छन्। 'पहिलाको जस्तो समूहसहित उम्मेदवारी दिने भए हामी पनि बनाउने थियौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।