काठमाडौं– खोटाङको कांग्रेस जिल्ला सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन्।
संस्थापनइतरका राईले सभापति शेरबहादुर देउवा पक्षका सर्वधन राईलाई हराएका हुन्। विजयी विष्णुकुमारले ६६९ मत प्राप्त गरे भने पराजित सर्वधनले ६१० मत ल्याए।
दोस्रो कार्यालयका लागि राई विजयी भएका हुन्। इवन राई र तीर्थराज भट्टराई उपसभतिमा निर्वाचित भएका छन्। दुई सचिवमा समिर राई र ज्ञानेन्द्र जोशी चयन भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।