चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देशबाट तुइन युगको अन्त्य गरेको दाबी गरेका छन्।
शुक्रबार एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा तुइन विस्थापनको निर्णय गरेको स्मरण गरे। ओलीले आफ्नो दोस्रो कार्यकालमा देशबाट तुइन विस्थापन गर्न सफल भएको दाबी गरे।
‘मैले सरकारमा हुँदा फोटो खिचेर राख्नस् साथीहरू यो देशमा तुइन हुने छैन भनेको थिएँ। त्यतिबेला मलाई हतारहतार हटाए। फेरि आएर पनि तुइन विस्थापित गरेँ’, ओलीले भने, ‘हामी एउटा एउटा युगको अन्त्य गर्दै नयाँ नयाँ युगको सुरुवात गर्दैछौं। हामीले अहिले सुरुङ युगको सुरुवात गरेका छौं।’
सुरुङ मार्गको विकास गर्न आफूले सुरुङ युगको सुरुवात गरेको ओलीले बताए। अहिले देशका विभिन्न क्षेत्रमा सुरुङ निर्माणको काम भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।