काठमाडौं– बाँके-१ को कांग्रेस सभापतिमा पोषण केसी चयन भएका छन्। केसीले संस्थापनइतरबाट जीत निकालेका हुन्।
संस्थापन पक्षबाट सभापतिमा प्रतिस्पर्धा गरेका माधवराम खत्रीलाई पूर्व पत्रकारसमेत रहेका केसीले हराएका हुन्। केसीले ३१६ र पराजित खत्रीले २६९ मत प्राप्त गरे। अधिवेशनमा ६०१ मत खसेको थियो।
सचिवमा दुवै पक्षका १/१ जना विजयी भएका छन्। केसी प्यानलबाट खुमबहादुर बस्नेत र खत्री समूहबाट जयश्वर पौडेल विजयी भएका छन्।
सहसचिवमा पनि दुबै पक्षका १/१ जना विजयी भए। केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित भए भने खत्री प्यानलबाट दिपेन्द्र उप्रेती विजयी भएका छन्। बाँकेमा तुलनात्मक रुपमा संस्थापनपक्ष बलियो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।