काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगो लगाउन नखोजेको आरोप लगाएका छन्।
शुक्रबार चितवनस्थित नारायणी किनारमा एमालेको दशौं महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले किन शान्ति प्रकृया टुंगो लगाउन नखोजेको भन्दै प्रश्न गरेका हुन्।
आफू शान्ति प्रक्रिया टुंगो लगाउनु पर्छ भन्ने मान्यतामा रहेको ओलीको भनाइ थियो। ‘अहिले पनि किन शान्ति प्रक्रिया टुंगो लगाउनु हुन्न? घाइतको उपचार र समस्यामा परेकालाई किन उपचार गर्नुहुन्न? घरबार बिहीन भएकालाई रोजगार किन दिनुहुन्न?,’ ओलीले भने, ‘हामी सरकारमा भएपछि पूर्व लडाकुको व्यवस्थापन गर्ने गर्छौ। अब एमालेमा दशौं हजार पूर्वलडाकु प्रवेश गराउँछौ। एमाले तपाईंको पार्टी हो।’
पूर्वलडाकुलाई हिजो भ्रममा पारिएकोले अलमलमा नपर्न आग्रह गरे। नारायणी नदीको धार जता बगेको छ त्यतै बग्न आग्रह गर्दै ओलीले साना डोविलामा नबस्न माओवादी नेताहरुलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।