चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशाोधन हुन सक्ने बताएका छन्। संविधान संशोधन गर्नैपर्ने भएमा संशोधन गरेर जान सकिने ओलीले बताए।
शुक्रबार चितवनमा एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले आउँदो निर्वाचनमा एमालेका लागि नभएर देशका लागि बहुमत ल्याउने बताएका छन्।
'निकट भविष्यमा प्रदेश संघीय चुनाव आउँदै छ। आमनेपाली दाजुभाइ दिदीबहिनीलाई भन्न चाहन्छु– चुनावको तयारीमा जाने छौं। जनमतबाट बहमुत ल्याउनु छ। यो देशका लागि हो। एमालेका लागि होइन', उनले भने।
देशमा विकासको लहर चलाउनका लागि एमालेको बहुमत आउनु आवश्यक रहेको उनले बताए। 'छिट्टै देशलाई अल्पविकासशीलबाट विकासशीलस्तरमा उठाएका छौं। दिगो विकास लक्ष्य नौ वर्षभित्रै हासिल गर्नु छ। यसका लागि एमालेको बहुमत आवश्यक छ', ओलीले भने।
ओलीले परमादेशबाट नभइ जनतामा गइ सरकार बनाउने प्रयास रोकिएको बताएका छन्। ओलीले देशैभर एमालेको महाधिवेशनलाई महत्त्वका साथ हेरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।