चितवन– जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमाले महाधिवेशनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत रुपमा सुदृढ तुल्याउन यथेष्ट उर्जा दिन सकोस् भन्ने कामना गरेका छन्।
शुक्रबार चितवनको नारायणी किनारमा आयोजित उद्घाटन सम्मेलनमा शुभकामना सम्बोधन गर्दै उनले महाधिवेशन सार्थक रहोस् भनेका हुन्।
यादवले देश र जनताको लागि एमालेको महाधिवेशन सुखद् हुने अपेक्षा व्यक्त गरे। 'नेकपा एमालेको लामो इतिहासमा यो महाधिवेशन ऐतिहासिक साबित होस्,' यादवले भने।
यादवले अहिले नेपाल ऐतिहासिक मोडमा उभिएको बताए। 'एकातिर नेपालको एकतालाई विविधतामा र विविधतालाई एकता कस्ने समावेशी लोकतान्त्रिक संविधानको अभावले शान्ति, संघीयता, सुशासन आर्थिक समृद्धि सामाजिक न्याय र समाजवादको राष्ट्रिय लक्ष्य टाढिँदै गएको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।