काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।
चितवनमा आयोजित एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने क्रममा थापाले ओलीलाई स्वाभिमानी नेता भन्दै प्रशंसा गरेका हुन्। ओली नेतृत्वको पछिल्लो सरकारका समयमा दीर्घकालिन महत्व राख्ने दुई कार्य भएको पनि थापाले उल्लेख गरे।
‘ओलीलाई सधैं सम्झिने छ २ कार्य कार्य भएका छन्,’ थापाले भने, ‘मधेसमा पृथकतावादी आन्दोलन गरिरहको एउटा शक्ति मुलधारमा आएको छ। विप्लव माओवादीलाई पनि मुलधारमा ल्याउनुभएको छ।’
लिम्यिाधुरा समेत समेटर पूर्ण नक्सा प्रकाशित हुनुलाई उनले ओलीको अर्को अविश्वरमणीय कार्य भएको बताए। दोस्रो कार्यकालका अन्य परिघटनामा असहमित रहेको बताएका थापाले ओलीको पहिलो कार्यकालको थप प्रशंसा गरे।
भारतीय नाकाबन्दी ओलीकै दृढताले असफल भएको उनले बताए।
वर्तमान व्यवस्थाप्रति असहमति राख्दै आएका थापाले एमालेको महाधिवेशनमा २०६३ सालको आन्दोलनले दिएको म्याण्डेट पुरा नभएको तर्क अघि सारे। ‘२०६३ सालको परिवर्तन पश्चात् हामी कहाँ हिडेको थियौं, कहाँ आइपुगेका छौं। गम्भीर समीक्षा यो महाधिवेशनले गर्नुपर्नेछ।’
धर्म निरपेक्षताको विरोधमा रहेका थापाले एमाले महाधिवेशनले त्यसका विषयमा पनि बहस गरोस् भन्ने चाहना व्यक्त गरे। योजनावद्ध धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै थापाले आपत्ति जनाए।
उनले महाधिवेशन प्रतिनिधिसहित एमाले नेतृत्वलाई भने, ‘शाहसिक निर्णयको अपेक्षा तपाईंबाट देशले गरेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।