चितवन- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमाले पहिलेभन्दा थप बलियो बनोस् भन्ने शुभकामना दिएका छन्। शुक्रबार एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले एमाले आकाश जस्तै उचाइमा पुगोस् भनेका हुन्।
उनले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिन आएको बताए। 'किनकि उहाँले हाम्रा नेताहरुलाई जुन सद्भाव देखाउनुभएको छ। त्यसप्रति अनुग्रहित छु', उनले भने।
ठाकुरले संविधानमा संशोधनको मागसहित सडकमा उत्रिनुपरेको भन्दै ओलीले त्यसलाई संशोधन गर्न सद्भाव देखाएको बताए।
'एकदिन मानव सांग्लोको रुपमा पूर्वदेखि पश्चिमसम्म संशोधनको माग गरेका थिए। केही संशोधन भएको छ। उहाँले फेरि सद्भाव देखाउनुभयो। उहाँले कार्यदल बनाउनुभयो। तर, त्यसले पूरा काम गर्न पाएन। मुद्दा पनि फिर्ता लिनुभयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।