फाइल तस्बिर
भरतपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६३ साल यताको राजनीतिक परिवर्तनको गम्भीर समीक्षा हुने अपेक्षा लिएको बताएका छन्।
चितवनमा आयोजित नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेसनको उद्घटन सभालाई सम्बोधन गर्दै थापाले थापाले दोस्रो जनआन्दोलन यताको शान्ति र स्थायित्वको समीक्षा हुने विश्वास व्यक्त गरे।
‘२०६३ सालको राजनीतिक परिवर्तनपश्चात् दिगो शान्ति, स्थायित्व र शान्तिको गभ्मीर रुपमा समक्षा गर्नुहुनेछ भन्ने आशा र विश्वास लिएको छु। अहिले देश संकटको भूमरीमा परेको छ। लोकतन्त्रको आवरणमा विस्तारै मुलुकलाई समाप्त पार्ने खेल भइरहेको छ,’ थापाले भने, ‘इतिहासमै अहिले नेपालीहरु रगत पसिना बगाउन बाध्य भएका छन्। नेपालमा अहिले बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीब्र रुपले बढेर गएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।